आश्विन २३ २०८१, बुधवार

SUNKOSHI RURAL MUNICIPALITY
Sindhupalchok, Bagmati Province

Introduction

On Falgun 27, 2073, as per the notice published in the Nepal Gazette by the Nepal Government to the local levels, based on the recommendations of the Local Level Determination and Recommendation Commission of 2073, when the Nepal Government announced local levels in 753 across the country, Sunkoshi Rural Municipality was divided into 7 wards. According to the announcement of Sunkoshi Rural Municipality, it was established legally on 23 Ashadh, 2073, by merging 6 rural villages namely Thokarpa, Kalika, Yamunadanda, Sunkhani, Thumpakhar and Pangretar of Savik in Sindhupalchowk district.

Among the 12 municipalities in Sindhupalchok district under the Bagmati province of Nepal, it is located in the southeast region of the district. This rural municipality is spread over an area of 72.84 square km. which is 3.88 percent of the total area of ​​Sindhupalchok district. Lisankhupakhar rural municipality and Tripurasundari rural municipality are in the east of this rural municipality, Chautara Sangachokgadhi municipality and Balefi rural municipality are in the west, Chautara Sangachokgadhi municipality, Balefi rural municipality and Tripurasundari rural municipality are in the north and Lisankhupakhar rural municipality and Kavrepalanchorak district are in the south. It is situated at a distance o 77.6 km from the capital Kathmandu through Midhill Highway and Araniko Highway. The rural municipality is named after the Sunkoshi river flowing on the boundary of the rural municipality.

18,906

Total Population

3,953

Total Household

9,113

Male

9,793

Female

Foundation of the House

Occupation

Ownership of Land

Ownership of House

Type of Roof

Source of Cooking Fuel

Source of Drinking Water

Source of Energy Usage

Type of Toilet

Mother Tongue

Religions

Disabled Identity card

डिजिटल प्रोफायल बारे

नेपालको संबिधान २०७२ ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहमा विभाजन गरिएको छ । नेपालको संविधानले स्थानीय तहहरूलाई स्थानीय स्वायत्त सरकारको पहिचान गरेको छ । संविधानको अनुसूची ८ को क्र.सं. ६ मा स्थानीय तथ्याङ्क र अभिलेख सङ्कलन सम्बन्धी सम्पूर्ण अधिकार स्थानीय सरकारलाई भएको उल्लेख छ, भने स्थानीय सरकार सञ्‍चालन ऐन २०७४ को दफा ११ (२) को ‘च’ मा माथि उल्लेखित विषयलाई थप विस्तार गरिएको छ । नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्‍चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी फाकफोकथुम गाउँपालिकाले आफ्नो क्षेत्रको विकासको लागि भरपर्दो तथ्याङ्कीय आधार तयार गर्नुपर्ने प्रावधान अनुरूप यो डिजिटल पार्श्‍वचित्र तयार गरिएको हो । यो पार्श्‍वचित्र तयार गर्दा राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित “स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन २०७५” को अनुसूची ३ मा गाउँ पार्श्‍वचित्रको ढाँचामा आधारित भइ तयार गरिएको छ । यो प्रतिवेदन स्थानीय स्तरका विकासको योजना निर्माण, नीति निर्माणको लागि स्थानीय सूचनाको प्रमुख तथा विश्‍वासिलो तथ्याङ्कीय श्रोतको आधार हो ।

यो गाउँपालिकाको प्रोफाईल KoboToolbox प्रयोग गरी तयार गरिएको हो । यो प्रोफाइलमा गाउँपालिकाको समग्र भौतिक, जनसाङ्ख्यिक, आर्थिक, सामाजिक, वातावरणीय, भौतिक विकास, ऐतिहासिक, धार्मिक, सांस्कृतिक लगायत संस्थागत पक्षहरुको तथ्याङ्क अभिलेख तयार पार्ने, व्याख्या र विश्लेषण गरी डिजिटल प्रोफाइल तयार गरिएको छ । घरधुरी सर्वेक्षणका क्रममा कुनै पनि घर नछुटोस र कुनै पनि घर नदोहोरियोस भन्ने मान्यतालाई आधार मानेर घरधुरी सङ्केत नम्‍बर दिइ उक्‍त घरको GPS Coordination पनि लिइएको थियो । यसै गरी प्रत्येक वडाको विवरण र वडामा रहेका संस्थाहरुको संस्थागत विवरणको पनि सर्वेक्षण गरी तथ्याङ्क सङ्कलन गरिएको थियो । गाउँपालिकाको छलफल, उठेका सवाल तथा सर्वेक्षणका आधारमा गाउँपालिकाका सबल पक्षहरू, दुर्बल पक्षहरू, अवसरहरू चुनौति तथा सम्भावनाको विश्लेषण समेत गरिएको छ । यसले गाउँपालिकाको अब आउने दिनको लागि चाहिने विकास योजना तयार गर्न महत्‍वपूर्ण भुमिका खेल्‍नेछ ।

डिजिटल प्रोफाएलको महत्व तथा औचित्य

पार्श्‍वचित्र गाउँपालिकाको आधारभुत तथ्याङ्कको संगालो हो । यसमा गाउँपालिकाको समग्र भौतिक, जनसाङ्ख्यिक, आर्थिक, सामाजिक, वातावरणीय, भौतिक विकास, ऐतिहासिक, धार्मिक, सांस्कृतिक लगायत संस्थागत पक्षहरुको तथ्याङ्कको अभिलेख रहेको हुन्छ । जसले गाउँपालिकाको भावी योजना तथा कार्यक्रम र नीति निर्माणको कामलाई आधार प्रदान गर्दछ । विभिन्न विषयगत विधा र भेगोलिक स्थानको आवश्यकतामा आधारित विकासका कार्यक्रम तथा रणनैतिक योजना तर्जुमा गर्न यस पार्श्‍वचित्रले फाकफोकथुम गाउँपालिकालाई सहयोग गर्दछ भने सरोकारवालाहरूलाई समेत यस क्षेत्रको तथ्यपरक जानकारी प्रदान गर्दछ । यसका अलावा पार्श्‍वचित्र सम्बन्धित क्षेत्रका संघ संस्था एवं अनुसन्धानकर्ता, योजनाकार, शिक्षाकर्मी, समाजसेवी लगायत सरोकारवालाहरूलाई उपयोगी हुने भएकोले यसको महत्व रहेको छ । विकास निर्माणका क्रियाकलाप सञ्चालन गर्न सर्वप्रथम गाउँपालिकाको यथार्थ वस्तुगत विवरण तयार पार्नु जरुरी हुन्छ । गाउँपालिकाको घरघुरी सर्वेक्षण, संस्थागत सर्वेक्षण, वडागत सर्वेक्षण, विभिन्‍न समयमा जनप्रतिनिधी र कर्मचारीसँग गरिएका छलफल र यसबाट प्राप्‍त सकारात्मक सुझाव, तथ्याङ्क र सर्वेक्षणका क्रममा प्राप्‍त तथ्याङ्कबाट देखिएको गाउँपालिकाको समस्या, चुनौती, सम्भावना र आवश्यकताको तथ्यहरूको संगालोका रूपमा रहेको छ । यो पार्श्‍वचित्र निर्माणको काम अर्थपूर्ण र अनिवार्य छ । यसले गाउँपालिकाको वर्तमानको यथार्थलाई विश्लेषण गरी सोको आधारमा गाउँपालिकालाई उपलब्ध स्रोत साधनको व्यवस्थापन र उचित कार्यक्रमहरूको तर्जुमा, कार्यान्वयन एवम् अनुगमन मूल्यांकनका निम्ति मार्गदर्शकको काम गर्ने हुनाले यो औचित्यपूर्ण रहन्छ ।